Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गौतमबुद्ध विमानस्थलमा जजिराको विमान अवतरण गर्दा चरा ठोक्कियो

    गौतमबुद्ध विमानस्थलमा जजिराको विमान अवतरण गर्दा चरा ठोक्कियो

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 945
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको हो ।

    विमान यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरासतमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याईएको हो । विमान अवतरण गरेपछि चरा सँग ठोकिएको थियो ।



    गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न ।



    ‘पाईलटहरुले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन । तर, रनवेमा देखिनु पर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै ईन्जिनमा त गएन भनेर जहाज यहि होल्ड भएको छ ।’ चरा ठोक्किएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार