Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निरज ट्रेडर्स र राज ट्रेडर्सले १९ करोड ६३ लाख राजश्व चुहावट गरेको भन्दै विभागद्वारा पाँच जनाविरुद्ध उच्च अदालतमा मुद्दा दायर

    निरज ट्रेडर्स र राज ट्रेडर्सले १९ करोड ६३ लाख राजश्व चुहावट गरेको भन्दै विभागद्वारा पाँच जनाविरुद्ध उच्च अदालतमा मुद्दा दायर

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागले पाँचजना विरुद्ध राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको छ । विभागले निरज ट्रेडस एण्ड सप्लायर्सका श्रीराम ठाकुर र जटाशैकर जैसवालविरुद्ध १५ करोड ९७ लाख पाँच हजार १०६ रुपैयाँ तथा राज ट्रेडर्सका राजकिशोर सिंह कुशवाहा, पुस्करकुमार सिंह र भविचन महातो कोइरीविरुद्ध तीन करोड ७२ लाख ५८ हजार ६२ रुपैयाँ गरी १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ राजस्व छली गरको आरोप लगाएको छ ।

    विभागले उच्च अदालतमा पाटनमा दयार गरेको उक्त मुद्दामा निरज ट्रेडस एण्ड सप्लायस र राज ट्रेडर्स कम्पनी मार्फत राजस्व छली गरेको देखिएको विभागले जनाएको छ ।



    विभागका अनुसार निरज ट्रेडस एण्ड सप्लायर्सका प्रोप्राइटर श्रीराम ठाकुर र सोही कम्पनीका खाता सञ्चालक जटाशंकर जैसवालविरुद्ध मुद्दा दायर गरेको हो । निरज ट्रेडस एण्ड सप्लायर्सले राजश्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजश्व चुहावट गरेको जनाएको छ ।



    विभागले दायर गरेको मुद्दामा ठाकुर र जैसवालविरुद्धको मुद्दामा मू.अ.करतर्फको दुई करोड ४१ लाख ३५ हजार ९४१ रुपैयाँ, आयकरतर्फको पाँच करोड ५७ लाख १६ हजार ६१२ रुपैयाँ गरी जम्मा सात करोड ९८ लाख ५२ हजार ५५३ रुपैयाँ बिगो सहित कुल बिगो १५ करोड ९७ लाख पाँच हजार १०६ रुपैयाँ माग गरिएको छ ।

    त्यसैगरी राज ट्रेडर्सले भारतीय चिनी अवैध रूपमा चोरी पैठारी गरी मालवस्तु तथा ढुवानी गर्दा सक्कल कागजातमा रहेको विवरण २८ पटकसम्म सच्याई मालबस्तु ढुवानी गरी काठमाडौं ल्याएर विक्री गरी नेपाल सरकारलाइ तिर्नुपर्ने भन्सार महसुलल, मूल्य अभिवृद्धि कर र आयकर छली गरी राजश्व चुहावट गरेको जनाएको छ ।

    विभागले राज ट्रेडर्सका प्रोप्राइटर राज किशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह र भविचन महतो कोईरीमाथि बिगो एक करोड ६ लाख २९ हजार ३१ रुपैयाँ र सोही बराबरको जरिवाना गरी तीन करोड ७२ लाख ५८ हजार ६२ रुपैयाँ विगो माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार