Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भरतपुर महानगरपालिकाको मतगणना रोकियो

    भरतपुर महानगरपालिकाको मतगणना रोकियो

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    चितवन । नेकपा एमालेका प्रतिनिधि मतगणनास्थलमै गएर मतपत्र पट्याउन थालेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ।

    मतपत्र पट्याउन थालेपछि विवाद भएर गणना रोकिएको हो।



    गणनास्थलमा एमालेले पठाएका प्रतिनिधि प्रताप नाम गरेका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



    ती प्रतिनिधिले जालीभित्रै पसेर कर्मचारीले गर्ने काम गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

    एमाले चितवनले भने आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको दाबी गरेको छ।

    एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले आफ्नो प्रतिनिधि नियतवश नभई झुक्किएर प्रवेश गरेको दाबी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार