Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ललितपुरमा ७९ हजार ८६३ मत गणना : कांग्रेसका चिरिबाबुको जित सुनिश्चित

    ललितपुरमा ७९ हजार ८६३ मत गणना : कांग्रेसका चिरिबाबुको जित सुनिश्चित

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

    अहिलेसम्म ७९ हजार ८६३ मत गणना हुँदा कांग्रेसका चिरिबाबु महर्जनले ३९ हजार २३२ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण ब्यन्जनकारले २३ हजार ४९२ मत ल्याए ।



    यस्तै उपप्रमुखतर्फ एमालेकी मन्जली शाक्यले २३ हजार ७३१ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले १७ हजार २६३ मत ल्याएका छन् ।



    अब ५ हजार ९९८ मत गन्न बाँकी रहेका छन् । महानगरमा ८५ हजार ८६१ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार