Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चिडियाखानामा सटल बसको व्यवस्था गर्ने मेयर महर्जनको प्रतिवद्धता

    चिडियाखानामा सटल बसको व्यवस्था गर्ने मेयर महर्जनको प्रतिवद्धता

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 768
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने बताएका छन् ।

    विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो बताएका हुन् ।



    मेयर महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्न सहज होस् भन्ने उद्देश्यका साथ आफूले छिट्टै सटल बसको व्यवस्था गर्ने बताए ।



    उनले १४/१५ सिटको बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले आफूले हेर्न मन लागेको जनावर भएको ठाउँमा रोकिएर हेर्ने र फेरि बस चढेर अर्को जनावर भएको ठाउँमा पुग्न सक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार