Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ललितपुर महानगर र नेपाल प्रहरीबीच विवाद, महर्जन र आईजीपी सिंहबीच फोनमै किन भयो भनाभन ?

    ललितपुर महानगर र नेपाल प्रहरीबीच विवाद, महर्जन र आईजीपी सिंहबीच फोनमै किन भयो भनाभन ?

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिका र प्रहरीबीच ट्राफिक व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ ।

    महानगरपालिकाले आफ्नो क्षेत्र भन्दै ललितपुर महानगरभित्रका विभिन्न ठाउँको सडक बाटोलाई एतकर्फी (वान वे) कायम गरेपछि ट्राफिक प्रहरीले त्यसलाई हटाएसँगै विवाद उत्पन्न भएको हो ।



    सडक बाटोको विषयलाई लिएर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जन र प्रहरी महानिरीक्षण आईजीपी धिरजप्रताप सिंहबीच फोन संवादमा भनाभनको स्थिति आएको छ ।



    महानगरपालिकाले गत १० साउनबाट नख्खु–एकान्त कुनामा लागू गरेको वान वे प्रहरीले हटाएको थियो । महानगरपालिकाले यसअघि पनि विभिन्न सडकमा वान वे कायम गर्दै आएको थियो । प्रहरीले यसअघि बेवास्ता गर्दै आए पनि पछिल्लोपटक भने महानगरपालिकाले गरेको वान वे सडकलाई हटाएर दुईतर्फी (टु वे) बनाएको हो । प्रहरीले वान वे हटाएपछि मेयर महर्जन आफैं ‘वान वे’ क्षेत्रमा पुगेर फेरि दुईतर्फी गाडी सञ्चालनमा रोक लगाएका थिए ।

    मेयर महर्जनले आईजीपीको ठाडो निर्देशनमा वान वे हटाएको भन्दै टेलिफोन गरेर आफ्नो काममा डिस्टर्ड नगर्न चेतावनी दिएका थिए । उनले आईजीपीसँग फोनमा भनाभन भएको समेत बताएका छन् । स्थानीय सरकारले गरेको निर्णयमा प्रहरीले हस्तक्षेपमा उनको आक्रोश छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार