Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राति जहाजबाट हेर्दा जुन सहर उज्यालो हुन्छ त्यो ललितपुर हो : मेयर महर्जन

    राति जहाजबाट हेर्दा जुन सहर उज्यालो हुन्छ त्यो ललितपुर हो : मेयर महर्जन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 837
    SHARES

    ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले रात्रिकालीन दुर्घटना न्यूनीकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न टेन्डर आह्वान गर्ने बताएका छन् ।

    ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महर्जनले यस्तो बताएका हुन् ।



    उनले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको र धोबिघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले अबको १० दिन भित्र बत्ती बाल्नको लागि टेन्डर आह्वान गर्ने बताए ।



    प्रमुख महर्जनले उज्यालो अभावकै कारण अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य गर्न महानगर लागिपरेको बताए । प्रमुख महर्जनले महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ती बलिसकेपछि बत्ती नभएको कारणले दुर्घटना नहुने बताए ।

    मेयर महर्जनले सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको र १ करोड २० लाख विद्युत् प्राधिकरणको सहयोग हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्टाइएको बताए ।

    उनले दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुने बताए । मेयर महर्जनले रात्रिकालीन अवस्थामा जहाजमा चढेर काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने बताए ।

    महानगरले दोस्रो चरणमा १४ सय थान सडक बत्तीमध्ये सातदोबाटो हरिसिद्धि, सातदोबाटोदेखि सुनाकोटी, सातदोबाटोदेखि धापाखेल, एकान्त कुना भैंसेपाटीदेखि चुनिखेलसम्म, बुङमती दोबाटोदेखि थसीखेल, खोकना दोबाटोदेखि खोकनासम्म, मेडिसिटी हस्पिटलदेखि चोभारको पुलसम्म १४ सय थान लाइट जडान गरेको हो ।

    महानगरले पहिलो चरणमा ६६९ थान सडक बत्ती जडान भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार