Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ललितपुर महानगरपालिका क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक

    ललितपुर महानगरपालिका क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 948
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ ।

    पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।



    सोमबारबाट ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् । महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका अर्को निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न पाइने छैन् ।



    धेरै भीडभाड हुने क्षेत्र, करिडोर क्षेत्रमा पानीपुरी बेच्ना प्रदूषित धुलोहरुले स्वास्थ्यमा असर पारिरहेको भन्दै उक्त क्षेत्रमा ठेलामा पानीपुरी, चटपटे बेच्न सँधैको लागि रोक लगाउने महानगरले आन्तरिक तयारी गरेको हाछेथुले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार