Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • होटेल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्दा एक जना घाइते

    होटेल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्दा एक जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.6K
    SHARES

    काडमाडौं । ललितपुर महानगरपालिकामा रहेको होटेल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्दा एकजना गम्भीर घाइते भएका छन् ।

    मानभवन घर भएका सजिलमान शाक्य पौडी खेल्दै गरेको अवस्थामा घाइते भएका हुन् । उनको हाल नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।



    पीडित परिवारले स्वीमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएका दाबी गरेका छन् । होटलका प्रतिनिधिहरूले प्रहरीसँग स्वीमिङ पुलमा करेन्ट नफैलिएको दाबी गरेका छन् ।



    पीडित परिवारले त्यसबारे अनलाइन मार्फत प्रहरी प्रधान कार्यालयमा अनुसन्धानका लागी निवेदन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार