Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ललितपुर महानगरले भन्यो – अवैध संरचना ३५ दिन भित्र हटाउनू

    ललितपुर महानगरले भन्यो – अवैध संरचना ३५ दिन भित्र हटाउनू

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन ३५ दिने सूचना निकालेको छ ।

    नक्सा स्वीकृत बिना र मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउन महानगरपालिकाले बुधबार सूचना निकालेको हो ।



    सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचजना हटाउन महानगरपालिकाले भनेको छ । तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ ।



    महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढीलगायतका संरचना हटाउन महानगरले निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार