Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • करार अवधि थपिदिने भन्दै तीन लाख घुस लिने प्रधानाध्यापकसहित दुई जनाविरुद्ध मुद्दा दायर

    करार अवधि थपिदिने भन्दै तीन लाख घुस लिने प्रधानाध्यापकसहित दुई जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 825
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करार अवधि थपिदिने भन्दै तीन लाख रुपैयाँ घुस लिने प्रधानाध्यापकविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

    आयोगले श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यामिक विद्यालय जोकाहा, रौतहटका प्रधानाध्यापक राकेश कुमार ठाकुरविरुद्ध आरोप पत्र दायर गरेको हो । गत चैत ३० गते नै पक्राउ परेका ठाकुरमाथि अनुसन्धान गर्दा उनले करार अवधि थप गर्नका निम्ति सेवाग्राहीसँग तीन लाख रुपैया घुस लिएको खुलेपछि आज मुद्दा दर्ता गरिएको जनाएको छ ।



    आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले प्रधानाध्यापक ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्र कुमार झालाई घुस रकमसहित चैत ३० गते नियन्त्रणमा लिएको थियो ।



    ठाकुरले करार अवधि थप गर्नका निम्ति शिक्षकसँग घुस माग गरी दिपेन्द्र सर्जिकल पसलका सञ्चालक झालाई पैसा लिन लगाएको पनि पुष्टि भएको भन्दै दुबैजनाविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    प्रधानाध्यापक ठाकुरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले उनलाई तीन लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदावी सहित आरोप पत्र दायर भएको छ ।

    साथै घुस रकमसहित पक्राउ परेका झाले प्रधानाध्यापक ठाकुरले लिन लगाएबमोजिमको घुस रकम लिएको पुष्टि हुन आएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को मतियारको रुपमा कसुर गरेको देखिएको जनाउँदै उनलाई पनि ऐ। ऐनको दफा द्दद्द को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदार सरह नै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदावी लिई आरोपपत्र दायर गरिएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार