Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ बाट

    सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ बाट

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 852
    SHARES

    धनगढी। सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १६ बाट बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।

    प्रदेश सभाको १० औं अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले बताए । उनका अनुसार ३ बजे बैठक बोलाउन निर्णय गरिएको छ ।



    मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेश आव्हान तथा अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ । यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति प्रदान गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार