Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधिसभामा नीति कार्यक्रममाथि सांसदहरुले धारणा राख्ने क्रम जारी

    प्रतिनिधिसभामा नीति कार्यक्रममाथि सांसदहरुले धारणा राख्ने क्रम जारी

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौँ। प्रतिनिधि सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु भएको छ । बैठकमा सांसदहरुले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रम चलिरहेको छ ।

    शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि आज बाँकी सांसदले आफ्नो धारणा राख्न लागेका हुन् । शनिबारको बैठकमा जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ।



    छलफल सकिएपछि आजै नीति तथा कार्यक्रम पारित हुनेछ।आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ।



    सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। नीति कार्यक्रम आज पारित गरेर भोलि १५ जेठमा सरकारले बजेट ल्याउने तयारी गरेको छ। त्यसका लागि अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठक बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार