Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बस दुर्घटनाहुँदा ८ जनाको मृत्यु, २० जना घाइते

    बस दुर्घटनाहुँदा ८ जनाको मृत्यु, २० जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 990
    SHARES

    फाइल : तस्बिर

    बङ्गलादेश । ढाका बाट करिब १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रीले खचाखच भरिएको एउटा बस रुखमा ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु हुनका साथै अन्य २० जना घाइते भएका छन् ।

    रातभरको यात्राका क्रममा राजमार्गमा बस चालकले नियन्त्रण गुमाएको हुनसक्ने जिल्ला प्रहरी उपरीक्षक मारुफ हुसेनले बताएका छन् ।



    उनका अनुसार बसमा रहेका ४२ जनामध्ये २० जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ । घाइते सबैलाई स्थानीय अस्पताल र क्लिनिकमा लगिएको प्रहरी अधिकारीले जानकारी दिँदै दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।



    गुणस्तरहीन राजमार्ग,सवारी साधनको उचित मर्मतसम्भार अभाव, अयोग्य चालकबाट हुने सवारी नियम उल्लङ्घन र नियमन निकायको फितलो अनुगमनका कारण बङ्गलादेश सडक दुर्घटनामा आफ्ना धेरै नागरिक गुमाउने विश्वका प्रमुख मुलुकहरूमा पर्दछ ।

    गैरसरकारी संस्था रोड सेफ्टी फाउन्डेसनले यो महिनाको सुरुमा एक प्रेस विज्ञप्ति जारी गर्दै गत महिना देशभर भएका ४२७ सडक दुर्घटनामा कम्तीमा ५४३ जनाको ज्यान गएको र ६१२ जना घाइते भएका जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार