Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कबड्डी-४ की अभिनेत्रीमाथि अभद्र व्यवहार : मिरुना र फुर्बाबीच समझदारी, दुवैले गरे क्षमायाचना

    कबड्डी-४ की अभिनेत्रीमाथि अभद्र व्यवहार : मिरुना र फुर्बाबीच समझदारी, दुवैले गरे क्षमायाचना

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । कबड्डी-४ की अभिनेत्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्बा तामाङ र अभिनेत्री मिरुना मगरबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

    चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।



    अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक मंगलबार धरौटीमा रिहा भएका थिए । मगरले पक्राउ परेका युवकलाई फसाएको भन्दै सामाजिक सञ्जालमा विरोध र काठमाडौंको चाबहिलस्थित केएल टावरमा प्रदर्शनसमेत भएको थियो।



    पक्राउ पर्नेमा मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङ थिए। उनी बौद्ध भिक्षु हुन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तामाङलाई ३ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार