Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन सुरु

    ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन सुरु

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 588
    SHARES

    काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले आगामी फिल्म ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन थालेका छन् ।

    चिसो मौसममा खिच्नुपर्ने भएकाले निर्माताले एक महिना जति छायांकन रोकेका थिए । गीत छायांकनसँगै ‘डिग्री माइला’ले पुनः गति लिएको हो ।



    दयाहाङ राई र आँचल शर्माले बिहीवारदेखि नै सेट ज्वाइन गरेका छन् । आउने सातादेखि कथा छायांकन गर्ने सेड्युल रहेको छ ।



    मंसिर अन्त्यसम्म स्वास्थ्य लाभ गरिरहेका अभिनेता प्रकाश घिमिरे पनि सेटमा फर्कने तयारीमा छन्।

    यो नाटकलाई मण्डलामा तीन पटक मञ्चन गरिएको थियो । वैशाख १ गते रिलिजको योजना रहेको फिल्ममा अधिकांश कलाकार ‘कबड्डी’ फिल्मकै छन्।

    जसमा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, प्रकाश घिमिरे लगायत छन् । बाँसुरी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भइरहेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार