Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • डिग्री माइलाको पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक

    डिग्री माइलाको पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 510
    SHARES

    काठमाडौं । । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक भएको छ ।

    गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।



    एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रहेको गीतमा संगीतकार योगी र बिज्ञानी पराजुलीले स्वर दिएका छन् ।



    युमी बलामीको कोरियोग्राफी रहेको गीतमा निर्देशक रेनेशा वान्तवा राईको कोरियोग्राफी निर्देशन छ ।

    बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथामा बनेको हो ।

    बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार