Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • दयाहाङ स्टारर फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक

    दयाहाङ स्टारर फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 504
    SHARES

    काठमाडौं । फागुन २५ गते महाशिवरात्रिको दिनमा रिलिज हुने चलचित्र ‘रङ्गेली’ को ट्रेलर रिलिज गरिएको छ ।

    एक कार्यक्रमका बिच रिलिज गरिएको ट्रेलरमा ‘डर र शक्तिको खेल’ को दृश्य देखाइएको छ ।



    चलचित्रका प्रमुख कलाकार सबै अटेको ट्रेलरले तराई क्षेत्रमा घटेका विविध घटनाहरू र आयामहरूलाई दृश्य मार्फत देखाउने कोसिस गरेको छ ।



    फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ ।

    चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत छ ।

    चलचित्रका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् ।

    निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् ।

    विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । चलचित्रका छायाकार सुशन प्रजापति हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार