Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असारमा रिलिज हुने

    दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असारमा रिलिज हुने

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 456
    SHARES

    काठमाडौं । अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’ असार २८ गते दर्शनमा आउने भएको छ ।

    निर्माण युनिटले वितरकसँगको छलफलपछि प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रदर्शन मितिसँगै फिल्मको थिम पोस्टर पनि सार्वजनिक भएको छ।



    अनिल बुढामगरको निर्देशन रहने फिल्ममा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, कविता आले, राज थापा, शिला आले, अनु थापा, बिना थापामगर, खबपु पुनको अभिनय रहनेछ ।



    माघ तेस्रो साताबाट छायाङ्कन सुरु हुन लागेको फिल्म पूर्वी रुकुममा खिचिनेछ । फिल्ममा निर्देशक मगरको अलवा विनोद खतिवडा र सुवास कोइरालाको लेखन रहेको छ ।

    जीएम मुभिज प्रडक्सनको प्रस्तुतिमा जनक घर्तीमगर निर्माता रहेको फिल्ममा सुसन प्रजापति, हर्क साउद र मनोज थापाको शब्द तथा सङ्गीत रहनेछ ।

    आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएको छ । घरज्वाइँ बस्ने परम्पराको कथामा फिल्म बन्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार