Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • फिल्म ‘रङ्गेली’को पोस्टर सार्वजनिक

    फिल्म ‘रङ्गेली’को पोस्टर सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 486
    SHARES

    काठमाडौं । अभिनेता दयाहाङ राई, अर्पण थापा र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘रङ्गेली’का नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

    पोस्टरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई आमने सामने बनाइएको छ भने अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ।



    यसअघि प्रवीण खतिवडासहित राई, थापा र मगरका पात्र अनुसारका पोस्टर सार्वजनिक गरिसकिएको छ।



    आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने यस चलचित्रको यसै साता टिजर सार्वजनिक गर्ने तयारी रहेको निर्देशक अर्जुन सुवेदीले बताए। सुवेदीकै लेखन रहेको ‘रङ्गेली’मा अर्पण, दयाहाङ, मिरुना, प्रवीण, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ।

    चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ।

    चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्। निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार