Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दयाहाङ अभिनीत फिल्म ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक

    दयाहाङ अभिनीत फिल्म ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 312
    SHARES

    काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला: एमए थर्ड क्लास’को ट्रेलर सार्वजनिक भएको छ ।

    वैशाख १ गते रिलिज तयारीमा रहेको ‘डिग्री माइला एमए थर्ड क्लास’को ट्रेलर बाँसुरी फिल्म्सले सार्वजनिक गरेको हो ।



    चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ ।



    दयाहाङ राई र आँचल शर्माको शीर्ष भूमिका रहेको सोसल–ड्रामा फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर उसले पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन।

    आदर्शवादी लाग्ने यो चरित्रले शैक्षिक बेरोजगारीमाथि व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गरेका छन् ।

    फिल्म निर्माणमा बाँसुरी फिल्म्स र सुस्मा प्रोडक्सनले सहकार्य गरेका छन् ।

    ओखलढुंगा र काठमाडौंमा छायांकन भएको फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे समेत अभिनय छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार