Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ५१ दिनमा ‘कबड्डी ४’ले कमायो २५ करोड

    ५१ दिनमा ‘कबड्डी ४’ले कमायो २५ करोड

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 933
    SHARES

    काठमाडौं । ‘कबड्डी ४’ले शनिबार प्रदर्शनको ५१ दिन पूरा गरेको छ ।

    ३ करोडको लगानीमा रामबाबु गुरुङको निर्देशनमा बनेको यो फिल्म घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्न सफल भएको छ।



    जेठ १३ गते रिलिज भएको फिल्म अहिले पनि काठमाडौंका केही हलमा चलिरहेको छ।



    सो अवधिमा फिल्मले घरेलु बक्स अफिसमा २२ करोड ८३ लाख ३८ हजार ८६४ रुपैयाँ ग्रस कमाएको छ । शनिबारै फिल्मले अस्ट्रेलियामा पनि ५१ दिन ‘सेलिब्रेसन’ गरेको छ ।

    आठ अस्ट्रेलियाली राज्यबाट फिल्मको कमाइ ४ करोड ग्रसभन्दा बढी छ । कुल ९० शोमध्ये सिड्नीमा मात्र ३९ शो थियो । यो कलेक्सन कुनै नेपाली फिल्मले अहिलेसम्म विदेशमा कमाएको उच्च रकम हो ।

    फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

    कबड्डी ४ का निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन्। यो फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी र अनुपम शर्माको संगीत रहेको छ। यो फिल्ममा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार