Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सबैभन्दा छिटो ‘दुई अंक’को कमाइ गर्ने नेपाली फिल्म ‘कबड्डी ४’ को कीर्तिमान

    सबैभन्दा छिटो ‘दुई अंक’को कमाइ गर्ने नेपाली फिल्म ‘कबड्डी ४’ को कीर्तिमान

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । ‘कबड्डी ४’ले सबैभन्दा छिटो ‘दुई अंक’को कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । पाँच दिनमा फिल्मले १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ ।

    पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गरेको फिल्मले सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमायो ।



    ‘कबड्डी’को चौथो श्रृंखलाले पहिलो साता ‘कबड्डी’कै तेस्रो श्रृंखलाको कुल कमाइ १३ करोड रुपैयाँ ग्रसलाई उछिन्ने निश्चितप्रायः छ ।



    सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान चाहिं ‘छक्कापञ्जा ३’सँग छ । छक्कापञ्जाको तेस्रो श्रृंखलाको कुल कमाइ १६ करोड रुपैयाँ ग्रस छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार