Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फोहोर व्यवस्थापनबारे छलफल गर्न एकाबिहानै सिसडोल पुगे मेयर बालेन्द्र र उपमेयर सुनिता

    फोहोर व्यवस्थापनबारे छलफल गर्न एकाबिहानै सिसडोल पुगे मेयर बालेन्द्र र उपमेयर सुनिता

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नुवाकोटको सिसडोल पुगेका छन् । मेयर शाह उपमेयर डंगोलसहितको टोलीलाई लिएर शुक्रबार बिहानै सिसडोल पुगेका हुन् ।

    फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न उनीहरु सिसडोल पुगेका हुन् । स्थानीयले आफ्नो समस्याका बारेमा मेयर शाहलाई जानकारी गराएका छन् ।



    डम्पिङ साइटका कारण निकै समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी समयसमयमा आन्दोलित हुने गरेका छन् । मेयर शाह र उपमेयर डंगोलले बिहीबार मात्रै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई भेटेर फोहोर व्यवस्थापनबारे चासो राखेका थिए ।



    यसअघि निर्वाचित हुनेबित्तिकै मेयर बालेन्द्र अनुगमनका लागि सिसडोल र बञ्चरेडाँडा पुगेका थिए । शाहले काठमाडौंको फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने र खादा–माला नलगाउने घोषणा गरेका छन्

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार