Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको बिप्लवको भनाई

    नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको बिप्लवको भनाई

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको बताएका छन् ।

    पार्टीको केन्द्रीय समितिको १३ औँ बैठकका निर्णयहरू सार्वजनिक गर्दै महासचिव चन्दले दलाल पुँजीवादी व्यवस्थाका कारण नेपाल नवउपनिवेशमा फस्ने क्रममा रहेको दाबी गरे ।



    ‘नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको छ, पछिल्लो समय गम्भीर खालका घटनाहरू घटिरहेका छन् । यो सबै दलाल पुँजीवादको आत्मसमर्पणवादी चरित्रले गर्दा भएको हो । त्यसै कारण नेपाल एउटा नवउपनिवेशमा जाँदै गरेको देखिन्छ,’



    उनले भने, ‘अस्ति भर्खरै एमसीसी भयो, अहिले एमसीसीको कार्यालयमा अमेरिकी कर्मचारी ओइरिँदै गरेको खबर छ । अमेरिकी सहायक विदेशमन्त्री आएर खुलेआम तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्ने र छिमेकी देशहरूको विरुद्धमा उचाल्ने खेल चलेको छ ।’

    ‘कुनै पनि विदेशी भूमण्डलीकृत साम्राज्यवादी तत्वद्वारा हाम्रो देशमा लादिने असमान सन्धि, सम्झौता र उनीहरुका हस्तक्षेपकारी क्रियाकलापलाई ठाडै अस्वीकार गरेर प्रतिरोधमा उत्रिनुपर्छ, हाम्रो केन्द्रीय समितिमा यसबारे छलफल भएको छ,’ उनले भने ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार