Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेयर बजारका समस्या समाधान गर्न भन्दै फेरि समिति गठन

    सेयर बजारका समस्या समाधान गर्न भन्दै फेरि समिति गठन

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । सेयर बजारका समस्या समाधान गर्न भन्दै फेरि समिति गठन भएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माको पहलमा अर्थ अर्थमन्त्रालयका उपसचिव, धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा एक प्रतिनिधि र राष्ट्र बैंकका प्रतिनिधि रहनेगरी समिति गठन भएको हो ।



    समितिले सेयर लगानीकर्ताले उठाउँदै आएका समस्या समाधान गर्नका लागि अध्ययन गरी उपयुक्त सुझाव दिनेछ ।



    सेयर बजारका समस्या समाधानका लागि कुनै प्रयास नगरिएको भन्दै लगानीकर्ताका विभिन्न संघहरुले सम्बद्ध निकायलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।

    सेयर धितो कर्जामा राखिएको ४–१२ करोडको सीमा हटाउनुपर्ने, सेयर कर्जाको औसत जोखिम भार १ सय नै कायम गरिनुपर्ने, ब्रोकरको सञ्जाल विस्तार गर्नुपर्ने, गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन वातावरण बनाउनुपर्नेजस्ता माग राख्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार