Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कार्यविभाजनमा माओवादी उपमहासचिव शर्माको ‘नोट अफ डिसेन्ट’

    कार्यविभाजनमा माओवादी उपमहासचिव शर्माको ‘नोट अफ डिसेन्ट’

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 456
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित रुपमा असहमति जनाएका छन् ।

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असहमति पत्र बुझाएका हुन्।



    विधान अधिवेशन लगत्तै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु र पारित विषयलाई वेवास्था गरी विधि विहिनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद् कुरा भएको शर्माले फरक मतमा उल्लेख गरेका छन् ।



    विधान अधिवेशनबाट पारित भएका निर्णयहरु सम्पादन गरी तुरुन्त कार्यान्वय गर्नुपर्ने उनको माग छ ।

    असहमति पत्रमा भनिएको छ, ‘कार्य विभाजन गर्दा पार्टी निर्माण गर्ने संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु । जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति मलगायतका कमरेडहरुलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सहइन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ ।’

    राष्ट्रियसभा सदस्य रहेका दाहाल प्रधानमन्त्री प्रचण्डका भाइ हुन् । स्थायी कमिटीमा कार्य विभाजन एजेन्डाबारे गृहकार्यको नाममा पटक-पटक बैठक सरेको र फागुन १५ गते प्रस्तावित भई असहमतिका बीच पारित गरिएका निर्णयहरूप्रति गम्भीर असहमति रहेको उनले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार