Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनसेलले लुटको खेती गरिरहेको जनार्दन शर्माको आरोप

    एनसेलले लुटको खेती गरिरहेको जनार्दन शर्माको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 714
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एनसेलले लुटको खेती गरिरहेको बताएका छन् ।

    शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत पूर्व मन्त्रीसमेत रहेका शर्माले यस्तो आरोप लगाएका हुन् । उनले सन् ०२९ मा एनसेलको स्वामित्व जनताको हुने भएपछि जालझेल सुरु भएको दाबी गरे ।



    सामाजिक सञ्जालमा उनले लेखेका छन् – ‘जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुँदा, उता एनसेलको सेयर धुली साफ भएछ । ०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरी रहेको छ ।’



    शर्मा पछिल्लो समय रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणमा खटिइरहेका छन् । आजियाटाले गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई ८० प्रतिशत सेयर बिक्रि गरेपछि विवाद भइरहेको छ । सरकारले छानविन समिति बनाएर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार