Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादी नेता जनार्दन शर्माले भने – विधान अधिवेशनको ह्याङ ओभरलाई लिएर कार्यविभाजन गरियो

    माओवादी नेता जनार्दन शर्माले भने – विधान अधिवेशनको ह्याङ ओभरलाई लिएर कार्यविभाजन गरियो

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 366
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् ।

    पार्टी कार्यालय पेरिस डाँडामा जारी माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेता शर्माले फरक मत राखेका हुन् ।



    नेता शर्माले विधान अधिवेशनको ह्याङ ओभरलाई लिएर कार्यविभाजन गरिएको समेत आरोप लगाए।



    नेता शर्माले भने, ‘मैले आफ्नोतर्फबाट निर्णयमाथि असमत दर्ज गरेको छु। कार्य विभाजन जसरी गरियो सहि भएन। पार्टी निर्माणको उद्देश्य लिएर भएन। विधान अधिवेशनको ह्याङ ओभरलाई लिएर कार्यविभाजन गरियो। विधान अधिवेशनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ भन्ने मत राख्नेलाई म लगायतलाई कार्यविभाजनबाट जिम्मेवारी बिहीन बनाइएको छ। सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रिय सदस्यलाई सहईञ्जार्ज बनाइएको छ।’

    उनले सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने लगायतका माग राखेर फरक मत राखेका थिए।

    पार्टी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा प्रस्ताव कार्यदल बनाइएको थियो। जसको सदस्यमा पार्टी उपमहासचिव शर्मा पनि थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार