Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तीन पटकको सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

    तीन पटकको सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 426
    SHARES

    काठमाडौं । सेयर बजारमा सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेको छ । ३ पटक सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको हो ।

    कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको कारोबारमा ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो ।



    दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ : ०४ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार स्थगित भएको हो । समग्रमा सोमबार बजारको परिसूचक नेप्से ६ प्रतिशत अर्थात् ११७ अंक बढेको छ ।



    सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ । थोरै समय कारोबार भएकाले दिनभर जम्मा ३७ करोड ५२ लाख रुपैयाँको कारोबार भयो ।

    २३० कम्पनीको मूल्य बढ्यो भने २ कम्पनीको मात्रै घट्यो । रिडी पावर, शिवश्री हाइड्रोपावर, राप्ती हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।

    कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, मोलुङ हाइड्रोपावर, ङादी ग्रुप क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार