Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • १० अंकले नेप्से बढ्दा ३ अर्ब ८३ करोडको कारोबार

    १० अंकले नेप्से बढ्दा ३ अर्ब ८३ करोडको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 396
    SHARES

    काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.३७ अंक बढेर २०९४ अंकमा पुगेको हो ।

    आजको कारोबारमा नेप्से न्यूनतम २०७५ अंकसम्म झरेको थियो। कुल ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो । १७३ कम्पनीको मूल्य बढ्दा ७० को घट्यो भने ४ को स्थिर रह्यो ।



    धेरै बढ्ने समूहमा हाइड्रोपावर अगाडि रह्यो । सो समूह १.३३ प्रतिशत बढ्यो । विकास बैंक १.२२ र अन्य समूह पनि १.३२ प्रतिशत बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.८६ प्रतिशत घट्यो ।



    मिडसोलु हाइड्रोपावर, माथिल्लो मैलुङखोला, सामलिङ पावरको मूल्य १० प्रतिशत बढ्यो । हाथवे इन्भेस्टमेन्टको ८.७, माउन्टेन हाइड्रो नेपालको ७.९, एसियन हाइड्रोपावरको ६.८, युनाइटेड मोदी हाइड्रोको ६.४ प्रतिशत मूल्य बढ्यो।

    चन्द्रागिरि हिल्सको भने सबैभन्दा धेरै ९.८ प्रतिशत मूल्य घट्यो । इनिफिनिटी लघुवित्तको ६.४, मनकामना स्मार्ट लघुवित्तको ५.१, उन्नती सहकार्य लघुवित्तको ३.३ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, अरुणभ्याली हाइड्रो डेभलपर र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार