Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आज १५.३३ अंकले बढ्दा २१ सय नाघ्यो सेयर बजार

    आज १५.३३ अंकले बढ्दा २१ सय नाघ्यो सेयर बजार

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 411
    SHARES

    काठमाडौं । सोमबार सेयर बजारले २१ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १५.३३ अंक बढेसँगै २१०१ अंकमा पुगेको हो ।

    परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा सोमबार ३ अर्ब ५८ करोडमा खुम्चियो । कुल १९९ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने ४ को स्थिर रह्यो ।



    साेमबार उत्पादन समूह सबैभन्दा धेरै २.२२ प्रतिशत बढ्यो । हाइड्रोपावर १.८३ तथा निर्जीवन बीमा १.७ प्रतिशत बढे ।



    अंकका आधारमा बैंकिङ ०.६५, विकास बैंक २३, फाइनान्स २०, होटल तथा पर्यटन २०, हाइड्रोपावर ४९, जीवन बीमा ३८, उत्पादन १२५, निर्जीवन बीमा १८३ र ब्यापार समूह १२ अंक बढे । अन्य समूह मात्रै ०.९३ अंक घट्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार