Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतीय क्रिकेटर मिथाली राजद्वारा सन्न्यासको घोषणा

    भारतीय क्रिकेटर मिथाली राजद्वारा सन्न्यासको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 876
    SHARES

    एजेन्सी । भारतीय ब्याटर मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी छिन् ।

    ३९ वर्षीय राजले भारतीय महिला क्रिकेटको एक दिवसीय प्रतियोगितामा हालसम्मकै सर्वाधिक ७ हजार ८०५ रन बनाएकी छिन् । ट्विटरमा एक विज्ञप्तिमार्फत उनले समर्थकहरूलाई उनीहरूको मायाका लागि धन्यवाद भनेकी छिन् ।



    २३ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा मिथालीले १२ टेस्ट, दुई सय ३२ एकदिवसीय अन्तर्राष्ट्रिय र ८९ टी–२० अन्तर्राष्ट्रिय खेलेकी छिन् ।



    ३९ वर्षीया मिथालीले ६ पटक एकदिवसीय विश्व कप खेलेकी छिन् । सन् २००५ को विश्व कपमा मिथालीले पहिलो पटक टिमको नेतृत्व गरेकी थिइन् र भारत उपविजेता बनेको थियो ।

    महिला क्रिकेटमा ‘सचिन तेन्दुलकर’ भनेर चिनिने मिथालीको विश्व कप जित्ने सपना भने अधुरै रह्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार