Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाल आइपुगे आईसीसीका अध्यक्ष ग्रेग

    नेपाल आइपुगे आईसीसीका अध्यक्ष ग्रेग

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 333
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् ।

    सोमबार ४ बजे नेपाल आई पुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका हुन् ।



    आईसीसी अध्यक्ष ग्रेग भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका हुन् । उनी आइतबार राति सम्पन्न महिला प्रिमियर लिगको फाइनलमा सहभागी हुन भारत भएका थिए ।



    बार्कले चैत ८ सम्म नेपालमा बस्नेछन् । उनले नेपालमा टीयु र मुलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन् ।

    त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवातथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार