Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • युक्रेनलाई सघाएको आरोपमा दुई बेलायतीसहित तीन जनालाई मृत्युदण्ड

    युक्रेनलाई सघाएको आरोपमा दुई बेलायतीसहित तीन जनालाई मृत्युदण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । बेलायत सरकारले आफ्ना दुईजना नागरिकलाई रुस समर्थित स्वघोषित दोनेत्स्क गणतन्त्रको एउटा अदालतले मृत्युदण्डको सजाय सुनाएकोमा गहिरो चिन्ता व्यक्त गरेको छ ।

    दोनेत्स्कको अदालतले बेलायती नागरिकद्वय आइडन एस्लिन र सौन पिन्नरलाई मृत्युदण्ड सुनाएको हो । दोनेत्स्क गणतन्त्रले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छैन ।



    २८ वर्षीय स्लिन र ४८ वषीर्य पिन्नर तथा मोरोक्कोका नागरिक साउदुन ब्राहिमलाई युक्रेनको निजी सेना बनेको र हिंसात्मक तरिकाले सत्ता कब्जा गर्ने काममा सरिक रहेको आरोपमा मृत्युदण्ड सुनाइएको हो ।



    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले भनेका छन्,’हामीले निरन्तर रूपमा युद्ध बन्दीहरूलाई राजनीतिक उद्देश्यका लागि शोषण गर्न नहुने बताउँदै आएका छौँ । जेनेभा महासन्धि अनुसार युद्धबन्दीहरूले योद्धा प्रत्याभूति पाउँछन् र उनीहरूलाई शत्रुतापूर्ण कार्यमा सहभागी भए बापत कानुनी कारबाही चलाइनु हुन्न ।

    त्यसैले हामी युक्रेनी सशस्त्र फौजमा सेवारत तथा युद्धबन्दी बनाइएका कुनै पनि बेलायती नगरिकको रिहाइको सुनिश्चतताका लागि निरन्तर युक्रेनी निकायहरूसँग मिलेर काम गरिरहेका छौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार