Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सिङ्गापुरमा हिरोइनको तस्करी गरेको अभियोगमा महिलालाई मृत्युदण्ड

    सिङ्गापुरमा हिरोइनको तस्करी गरेको अभियोगमा महिलालाई मृत्युदण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । सिङ्गापुरमा ३० ग्राम लागुपदार्थ हिरोइनको तस्करी गरेको अभियोगमा एक महिलालाई मृत्युदण्ड दिइएको छ ।

    ३० ग्राम हिरोइनसहित सन् २०१८ मा पक्राउ परेकी ४५ वर्षकी सारिदेबी जमानीलाई आज मृत्युदण्ड दिइएको हो ।



    सिङ्गापुरमा बितेको २० वर्षपछि पहिलोपल्ट महिलालाई मृत्युदण्ड दिइएको छ ।



    सिङ्गापुरमा बितेको तीन दिनमा दोस्रो व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको छ । ५० ग्राम हिरोइन तस्करी गरेको अभियोगमा यही हप्ता मोहम्मद अजिल बिललाई पनि मृत्युदण्ड दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार