Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर्मचारी कटौती गर्ने घोषणा तर ४ हजार दरबन्दी थप

    कर्मचारी कटौती गर्ने घोषणा तर ४ हजार दरबन्दी थप

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 885
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४ हजार दरबन्दी थप गरिएका छन् ।

    प्रशासनविज्ञहरू भन्छन्, ‘सरकारको घोषणा व्यबहारमा लागु हुन कठिन छ। किनभने सरकारले पवित्रले मनले कर्मचारी कटौती गर्ने घोषणा गरेको होइन । केबल यो नारा मात्र हो ।’



    संघीय संघीय मामिला मन्त्रालयका अनुसार कर्मचारी समायोजन भएयता झण्डै ४ वर्षको अवधिमा केन्द्रमा दरबन्दीको संख्या ५३ हजार पुगेको छ। २०७५ मा गरिएको संगठन तथा व्यववस्थापन (ओएनएम) सर्भेपछि केन्द्रमा करिब ४ हजार दरबन्दी थप गरिएको संघीय मामिला मन्त्रालयका प्रवक्ता बसन्त अधिकारी पनि स्वीकार गर्छन् ।



    सरकारले १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो जिम्मेवारी हामीलाई दिने हो भने हामीले गृहकार्य अघि बढाउछौं,’अधिकारीले भने,’सरकारको घोषणा अहिले नै लागु गर्ने होइन । साउनबाट लागु गर्ने भनिएको हो ।’ नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार