Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?

    कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 459
    SHARES

    काठमाडौं । सरकारी कर्मचारीहरू सरकारी काममा भन्दा बाह्य काममा व्यस्त हुनुपुग्दा सेवा प्रवाहको अवस्था कमजोर बन्दै गइरहेको देखिएको छ ।

    सरकार आफैंले कर्मचारीलाई अतिरिक्त काम गर्ने लाइसेन्स दिने प्रवृत्ति बढ्दा कर्मचारीहरूमा कामचोर संस्कृति मौलाउँदै गइरहेको सरोकारवालाको भनाइ छ ।



    विशेषगरी कर्मचारीहरूले सरकारबाट स्वीकृत स्वरूप लाइसेन्स नै लिएर बाहिर पढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिदबिक्रीका कारोबार गर्ने गरेका छन् । जसका कारण कर्मचारीमा ‘हाटा’ संस्कृति मौलाउँदै छ ।



    निजामती क्षेत्रमा कर्मचारीहरूले नै ‘हाटा’ भन्ने शव्दलाई चर्चित बनाएका छन् । ‘हाटा’ भन्नाले कार्यालयमा हाजिर गर्ने र अन्यत्र टाप कस्ने प्रवृत्ति हो ।

    यस्तो प्रवृत्ति रोक्न सरकारले विद्युतीय हाजिर प्रणालीको विकास गरेपनि कर्मचारीमा भने खासै सुधार हुन सकेको छैन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार