Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सरकार नै दिन्छ कर्मचारीलाई लुकीछिपी बाह्य काम गर्ने लाइसेन्स

    सरकार नै दिन्छ कर्मचारीलाई लुकीछिपी बाह्य काम गर्ने लाइसेन्स

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 570
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले नै कर्मचारीलाई अतिरिक्त काम गर्ने लाइसेन्स दिँदा अधिकांश कर्मचारी बाहिर पढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिदबिक्रीमा समेत व्यस्त हुने क्रम ह्वात्तै बढेको छ ।

    यस सम्बन्धमा सरकारका कुनै पनि निकायले अनुगमन गर्न सकेको छैन । अनुगमन गर्ने जिम्मेवारीमा रहेको राष्ट्रिय सर्तकता केन्द्रले पनि यस विषयमा बेवास्ता गर्दै आइरहेको छ ।



    नियमित तलबबाहेक अतिरिक्त भत्ता र सुविधामा मात्रै वार्षिक अर्बभन्दा बढी रकम सक्ने कर्मचारीले अतिरिक्त काम गर्ने लाइसेन्स लिएर थप आर्जन गर्नसमेत बाँकी राखेका छैनन् । यसरी कर्मचारीले बाहिर धेरै काम गर्दा सरकारी काममा नराम्ररी ह्याम्पर परिरहेको सेवाग्राहीको गुनासो छ ।



    सर्वसाधारणले यस्तो प्रवृत्तिलाई कर्मचारीको ठग र कामचोर प्रवृत्तिका रूपमा लिएका छन् । कैयांै कर्मचारी बाहिर व्यस्त हुँदा प्रायः कार्यकक्षमा कम भेटिने गरेका छन् । कर्मचारी बाहिर काम गर्न जाँदा उनीहरूले मिटिङमा गएको बहाना बनाउने गरेका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार त्यसरी अतिरिक्त काम गर्ने लाइसेन्स लिने कर्मचारीको संख्या हजारौं छ । तर, यसम्बन्धी रेकर्ड दिन मन्त्रालयका अधिकारी अनिच्छुक हुने गरेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार