Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ४ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ

    ४ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    बाँके । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह चेकप्वान्टस्थित सडकबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जानकी गाउँपालिका–२ बस्ने २२ वर्षीय श्रवण सुनार, भारत घर भएका २२ वर्षीय राहुल शाही, २१ वर्षीय बब्बु घोसी लगायत ४ जना छन् ।



    उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । श्रवणले चलाई ल्याएको भे।६ प ९७७३ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गरेको थियो ।



    जाँच गर्ने क्रममा स्कुटरमा सवार राहुलले लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

    साथै थप सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त पदार्थ बब्बु घोसी लगायत दुई जनाको भनि खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार