Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

    ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 288
    SHARES

    फाइल तस्विर

    झापा । लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

    सशस्त्र प्रहरीका अनुसार भारत विहार किसनगञ्ज जिल्ला सिंहिमारी ग्राम पञ्चायत-८ निवासी ५५ वर्षीय अजुमुदिन आलम र सोही जिल्ला कदुभिट्टा ग्राम पञ्चायत २ निवासी २६ वर्षीय मस्ताहक आलम पक्राउ परेका हुन् ।



    सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाको टोलीले बुधवार दिउँसो १ः५० बजेको समयमा झापा गाउँपालिका १ सितुमारी कार्की चौकबाट भारतबाट नेपालतर्फ पैदल हिँडेर आइरहेका उनीहरूलाई पक्राउ गरेको हो ।



    उनीहरूले सशस्त्रलाई देखेपछि बाटो नजिकै घाँसकारीमा लुकाउँदै गरेको अवस्थामा एक सय ग्राम ब्राउन सुगर फेला पारेको थियो ।

    ब्राउन सुगरसहित पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइसकेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार