Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ‘ड्रग्स कारोबारी’ अनिता र सरस्वती पक्राउ, १९.३३ ग्राम ब्राउन सुगर बरामद

    ‘ड्रग्स कारोबारी’ अनिता र सरस्वती पक्राउ, १९.३३ ग्राम ब्राउन सुगर बरामद

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 1.2K
    SHARES

    विराटनगर । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) को ओसारपसार र कारोबारमा संलग्न दुई युवती पक्राउ परेकी छिन् ।

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ की १९ वर्षीया अनिता बैठा र ३० वर्षीया सरस्वती गुरुङ रहेका छन् ।



    प्रहरीका अनुसार दुवै जना ब्राउन सुगरको ओसारपसार र कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



    भारतको जोगवनीबाट ब्राउन सुगर खरिद गरेर आउँदै गर्दा उनीहरूलाई विराटनगर–१५ बैंक रोड चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी करार्यालय मोरङले जनाएको छ ।

    शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा बैठाको साथबाट लागूऔषध ब्राउन सुगर १९.३३ ग्राम फेला परेको थियो ।

    लगत्तै प्रहरीले गुरुङको कोठामा छापा हानेर सानो डिजिटल तराजु फेला परेको थियो । उनीमहरुमाथि प्रहरी थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार