Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • दाङबाट १० ग्राम लागूऔषधसहित पाँच युवक पक्राउ

    दाङबाट १० ग्राम लागूऔषधसहित पाँच युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 450
    SHARES

    दाङ । दाङमा प्रहरीले ब्राउन सुगरसहित पाँचजना युवकलाई पक्राउ गरेको छ ।

    जिल्लाको गढवा गाउँपालिका ४ स्थित दुखीराम चौधरीको खाली घरमा बसेर लागूऔषध सेवन गरिरहेको अवस्थामा बुधबार बेलुका उनीहरू पक्राउ परेका हुन् ।



    गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा १० ग्राम ब्राउनसुगरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।



    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ का १९ वर्षीय त्रिशक्ती बर्तौला, गढवा–४ का ३५ वर्षीय सद्धाम मनिहार, २४ वर्षीय अनिल पहाडी, २७ वर्षीय प्रदिप चौधरी र २५ वर्षीय मनोज चौधरी छन् ।

    उनीहरुलाई नियन्त्रणमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार