Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ब्राउन सुगरसहित दाङबाट दुईजना पक्राउ

    ब्राउन सुगरसहित दाङबाट दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 597
    SHARES

    दाङ । दाङको घोराहीबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश जिल्ला बहराइच चकियारोड रुपैडिहाका ५२ वर्षीय समसुल र बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ का ३६ वर्षीय उमंगबहादुर शाही रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर–घोराही सडकखण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकबाट उनीहरूलाई मंगलबार दिउँसो गोप्य सूचनाका आधारमा पक्राउ गरिएको थियो ।



    उनीहरूको साथबाट ३७ ग्राम २९ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । यी दुबै जनाले विगतमा पनि ब्राउन सुगरको कारोबार गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    उनीहरु दुबै जनाविरूद्ध लागुऔषधसम्बन्धी मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार