Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बर्दियाबाट लागुऔषधसहित चारजना पक्राउ

    बर्दियाबाट लागुऔषधसहित चारजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 834
    SHARES

    बर्दिया । ब्राउन सुगरसहित चारजना बर्दियाबाट पक्राउ परेका छन् । जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

    भारतबाट नेपालतर्फ आउँदै गरेको भे ८ प ३८०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा बाँकेको खजुरा गाउँपालिका–४ बस्ने सिमोन विक र ललित भुजेल पक्राउ परेका थिए ।



    सोधपुछ गर्दा उनीहरूले खजुरा गाउँपालिका–१ बस्ने भानु सिग्देल र नेपालगन्ज उपमहानगरपालिका– ४ बस्ने राजेश विकका लागि लागुऔषध ओसारपसार गरेको पत्ता लागेपछि चारैजना पक्राउ परेका हुन् ।



    उनीहरुको साथबाट चार ग्राम सात सय मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनीहरु चारैजनालाई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार