Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ब्राउन सुगरसहित दुईजना पक्राउ

    ब्राउन सुगरसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 738
    SHARES

    धनुषा । धनुषामा ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको विदेह नगरपालिका १ महिनाथपुरबाट एक युवक र एक युवती पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा सिरहाको कर्जनहा नगरपालिका २ बन्दिपुर छगरियाका २३ वर्षीय महादेव मण्डल र १९ वर्षीया अस्मिता खत्री रहेका छन् ।



    उनीहरुको साथबाट १६.८५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरू स ६ प ८०८६ नम्बर प्लेटको मोटरसाइकलमा सवार भई भारतबाट नेपालतर्फ आइरहेका थिए ।

    प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइल र मोटरसाइकल पनि बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार