Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतको उत्तर प्रदेशमा मुस्लिमको हिंसात्मक प्रदर्शन चर्कियो, सरकारको कडाइ

    भारतको उत्तर प्रदेशमा मुस्लिमको हिंसात्मक प्रदर्शन चर्कियो, सरकारको कडाइ

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 969
    SHARES

    एजेन्सी । भारतको उत्तर प्रदेशमा मुस्लिम समुदायले प्रदर्शन चर्काएपछि मुख्यमन्त्री योगी आदित्यनाथ नेतृत्वको सरकारले कडाइ गरेको छ ।

    भारतीय जनता पार्टी (भाजपा) नेत्री नूपुर शर्माको विवादित बयानपछि सडक प्रदर्शन बढेर हिंसाको अवस्था सिर्जना हुन थालेपछि योगी सरकारले कडाइ गरेको हो ।



    उत्तर प्रदेशका प्रयागराज, सहारनपुर, मुरादाबादमा ढुंगामुढासहित हिंसात्मक प्रदर्शन भएका छन् । प्रदर्शनकारीले सरकारी सम्पत्ति तोडफोड गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



    प्रदर्शनकारीमाथि ग्याङस्टर कानून लगाएर सम्पत्ति जफत गर्ने आदेश गरिएको एडीजी प्रशान्त कुमारले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार