Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतको उत्तर प्रदेशमा पर्खाल भत्किँदा ९ जनाकाे मृत्यु

    भारतको उत्तर प्रदेशमा पर्खाल भत्किँदा ९ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 627
    SHARES

    एजेन्सी । भारतको उत्तर प्रदेश लखनउमा पर्खाल भत्किँदा ९ जनाले ज्यान गुमाएका छन् ।

    ज्यान गुमाउनेमा तीन जना पुरुष, तीन महिला र तीन जना बालबालिका रहेका छन् । एक जना घाइते भएका छन् ।



    लगातारको वर्षाका कारण कमजोर पर्खाल भत्किएको र त्यसबाट थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



    मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहतको घोषणा गरेका छन् ।

    भारतको मौसम विज्ञान विभागले उत्तर प्रदेशमा भोलिसम्म नै ठूलो वर्षा हुने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार