Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सामूहिक बलात्कार मुद्धामा उत्तर प्रदेशका पूर्वमन्त्रीलाई जन्मकैदको सजाय

    सामूहिक बलात्कार मुद्धामा उत्तर प्रदेशका पूर्वमन्त्रीलाई जन्मकैदको सजाय

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । समाजवादी पार्टीको सरकारमा खानी मन्त्री रहेका गायत्री प्रजापति र उनका दुई सहयोगीलाई बलात्कारको आरोपमा जन्मकैदको सजाय सुनाइएको छ । शुक्रबार लखनउको ‘एमपी–एमएलए अदालत’ का विशेष न्यायाधीश पवन कुमार राईले उक्त फैसला सुनाएका हुन् ।

    दोषी ठहर भएका सबैलाई २/२ लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ । जरिवानाको रकम पीडित महिलाको पुनर्वासका लागि खर्च गरिनेछ ।



    खानी मन्त्री हुँदा गायत्री प्रजापति र उनका अन्य सहयोगीहरू चित्रकूटकी एक महिलालाई सामूहिक बलात्कार र उनकी नाबालिग छोरीलाई बलात्कार गर्ने प्रयास गरेकोमा सामूहिक बलात्कार र पोक्सो ऐनअन्तर्गत दोषी ठहर भएका हुन् ।



    बुधबार फैसला सुनाउँदै अदालतले गायत्री प्रजापतिका अन्य दुई सहयोगी आशिष शुक्ला र अशोक तिवारीलाई पनि दोषी ठहर गरेको छ । आशिष र अशोक दुवैलाई जन्मकैदको सजाय सुनाइएको छ ।

    तर, अदालतले प्रजापतिका अन्य सहयोगी अमरेन्द्र सिंह उर्फ पिन्टु, चन्द्रपाल र रुपेश्वर उर्फ रुपेशलाई भने सफाइ दिएको छ । चन्द्रपाल गायत्री प्रजापतिका गनर थिए र अन्य सबै अभियुक्त उनका नजिकका सहयोगी हुन्, जसमाथि महिलाले सामूहिक बलात्कारको आरोप लगाएकी थिइन् ।

    घटना लखनउको गौतमपल्लीमा रहेको मन्त्रीको सरकारी निवासमा भएको थियो । पछि सर्वोच्च अदालतले हस्तक्षेप गरेपछि एफआईआर दर्ता भयो र आरोपीहरूलाई पक्राउ गरियो ।

    २०१७ मा अखिलेश यादवको सरकारमा खानीमन्त्री रहेका प्रजापतिविरुद्ध सर्वोच्च अदालतको आदेशपछि धेरै दबाबमा एफआईआर दर्ता भएको थियो । त्यतिबेला उत्तर प्रदेशमा विधानसभा चुनाव चलिरहेको थियो ।

    गायत्री प्रजापति र अखिलेश यादव सरकारमा खानीमा पनिा धाँधली भएको गम्भीर आरोप छ । अप्रिल २०२१ मा प्रवर्तन निर्देशनालय अर्थात ईडीले उनको करोडौंको सम्पत्ति जफत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार