Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतको उत्तर प्रदेशमा पहिलो चरणमा ५८ सिटका लागि विधान सभाको चुनाव सुरु

    भारतको उत्तर प्रदेशमा पहिलो चरणमा ५८ सिटका लागि विधान सभाको चुनाव सुरु

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतको उत्तर प्रदेशमा विधान सभाको चुनाव सुरु भएको छ । पहिलो चरणमा ११ वटा जिल्लामा ५८ सिटको लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

    ५८ जना विधान सभा सदस्यको लागि ६ सय २३ जनाले उम्मेदवारी दिएका छन् । पहिलो चरणमा आज पश्चिमी उत्तर प्रदेशका दुई करोड २८ लाख मतदाताले मतदान गर्ने भएका हुन् ।



    जाट वेल्टको रुपमा चिनिने पश्चिमी उत्तर प्रदेशमा भारतीय जनता पार्टीले जाट समुदायका १७ जनालाई उम्मेदवार बनाएको छ ।



    यस्तै, समाजवादी पार्टीले १२ तथा राष्ट्रिय लोक दल आरएलडीले ६ जना जाट समुदायका व्यक्तिलाई उम्मेदवार बनाएका छन् ।यो चुनावमा समाजवादी पार्टी र आरएलडीले गठबन्धन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार